दफा ५२
निर्देशिका बनाई लागू गर्ने
प्राधिकरणले देहायका विषयमा निर्देशिका बनाई लागू गर्न सक्नेछ ः
(क) अनुमतिपत्र प्राप्त व्यक्तिले विकास गरेको दूरसञ्चार प्रणाली परस्पर जोड्ने तथा प्रयोग गर्ने सम्बन्धमा ।
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसञ्चार सेवा उपलब्ध गराए बापत लगाउने र असुल गर्न पाउने सेवा शुल्क निर्धारण गर्ने सम्बन्धमा ।